बढ्यो अमेरिकी डलरको मूल्य, अरु देशको मुद्रा कतिमा किनबेच भइरहेको छ ?

बढ्यो अमेरिकी डलरको मूल्य, अरु देशको मुद्रा कतिमा किनबेच भइरहेको छ ?

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि विदेशी मुद्राे विनियम दर ताेकेकाे छ ।

जसअनुसार मंगलबार अमेरिकी डलरको मूल्य सामान्य वृद्धि भएको छ। अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको छ।

सोमबारको तुलनामा डलरको मूल्य १३ पैसाले बढेको हो। सोमबार एक डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा तोकिएको थियो।

आज एक युरोको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा तोकिएको छ।  बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ तीन पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा तोकिएको छ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८७ रुपैयाँ १९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ नौ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँमा एक पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ आठ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ १५ पैसा र बिक्रीमा २९ रुपैयाँ २९ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३४ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४० पैसा किनबेच भएको छ।

नेपाल राष्ट्र बैंकले हरेक दिन २१ वटा राष्ट्रहरूको विदेशी विनिमयदर अध्यावधिक गरेर हुन्छ। राष्ट्र बैंकले जारी गरेको विनिमयदर भन्दा बैंक तथा मनि एक्सचेन्जहरूले कारोबार गर्ने मूल्यमा केही तल माथि हुने गरेको छ।

नेपाली मुद्राको विनिमय दर भारतीय मुद्रासँग स्थिर रहेको छ। नेपाली मुद्रा र परिवर्त्य विदेशी मुद्राबीचको विनिमय दर भारतीय मुद्रासँगको विनिमय दरको आधारमा राष्ट्र बैंकले निर्धारण गर्दै आएको छ। 

Skip This
Skip This
Logo