नेपालका सबै वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर घटाउन आनाकानी गरेको छ । स्ट्यान्डर्ड बैंकले चैत १ गते फागुन महिनामा कायम ब्याजदलाई निरन्तरता दिने भन्दै सुचना सार्वजनिक गरेको छ ।
वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेको थियो । अन्य वाणिज्य बैंकहरुले सोहि अनुरुपमा नयाँ ब्याजदर सार्वजनिक गरेपनि स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने पुरानो ब्याजदरलाई निरन्तरता दिएको हो ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म तोकेर सुचना सार्वजनिक गरेको छ । सो बैंकले रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज प्रदान गर्ने जनाएको छ ।
अन्य बैंकहरुले बचत खाताको न्यूनतम ब्याजदर ६.४२ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको भएतापनि स्ट्यान्डर्ड चार्टर्डले भने बचत खातामा न्यूनताम ६.४२ प्रतिशत नै ब्याज कायम राखेर सुचना निकालेको छ ।
यसैगरी, सो बैंकले कर्जामा पनि आधारदरमा ५.७५ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ जबकी .नेपाल बैंकर्स सङ्घले आधारदरमा अधिकतम पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्ने निर्णय गरेको थियो ।





























प्रतिक्रिया