रक्षाबन्धन बाँध्न गाउँ निस्किए २७ दिन क्वारेन्टिनमा बस्नु पर्ने

रक्षाबन्धन बाँध्न गाउँ निस्किए २७ दिन क्वारेन्टिनमा बस्नु पर्ने

केन्द्रबिन्दु
0
Shares

रुकुमपूर्व ।

रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ ।

ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरुमा झैं यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षा बन्धनको दिन सबैको घरघरमा गएर धागो बाँध्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेताराम उपाध्यायले बताए।

साउन १९ गते परेको रक्षाबन्धनको दिन कोही पनि ब्राह्मण धागो बाँध्नका लागि कसैको घरमा जान नपाइने निर्णय गरिएको हो । यसपालिको रक्षाबन्धनमा घरमै दिदीबहिनी, छोरीचेलीले दाइभाइलाई रक्षाबन्धन बाँध्न भनिएको छ । ज्योतिष परिषद्ले गरेको यो निर्णयको अटेरी गर्दै कोही कसैको घरमा गएर धागो बाँध्ने काम गरेमा उक्त व्यक्तिलाई २७ दिन क्वारेन्टिनमा राखिने परिषद्का अध्यक्ष उपाध्यायले बताए ।

जिल्लावासी सबैलाई यसपालिको रक्षाबन्धन घरमै धागो बानेर मनाउन आग्रह गरेको सिस्ने गाउँपालिका–६ का वडाध्यक्षसमेत रहेका परिषदका सदस्य सुधन रेग्मीले बताए । रक्षाबन्धन हिन्दू धर्मालम्बी मनाउने र भाइबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो । जिल्लाका तीनवटै गाउँपालिकाका ब्राह्मण समुदायका टोलीले छलफल गरी गरेको यस निर्णयलाई सबैलाई पालना गर्न आग्रह गरिएको छ ।रासस

Skip This
Skip This
Logo