सेयर बजारमा दोहोरो अंकको ओरालो

सेयर बजारमा दोहोरो अंकको ओरालो

केन्द्रबिन्दु
0
Shares

साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ । सेयर बजार नेप्से सुचकमा १४.४४ अंकले ओरालो लागेर १९३८.६२ विन्दुमा आएर रोकिएको हाे । 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.०३ अङ्कले घटेर ३६५ विन्दुमा पुगेको छ । यसअघि मंगलबार भने सेयर बजार नेप्से सुचकमा १.८५ अंकले उकालो लागि १९५३.०६ विन्दुमा आएर रोकिएको थियो । 

बुधबार नेप्सेमा कूल २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआइसी एसिया शीर्ष स्थानमा छ। यसको १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सानिमा माई हाइड्रोपावरको ७ करोड १६ लाखभन्दा बढीको कारोबार भएको छ।

यता १३ उपसुचकहरुका मध्ये ट्रेडिङ सुचक बाहेक सबै कम्पनीमा ओरालो लागेको छ । आजको कारोबारमा युनिक नेपाल लघुवित्त र सुभम पावरको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यि कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।

Skip This
Skip This
Logo