विश्वका यी ५ सिरियल किलर, जसले सौखका लागि गर्थे हत्या

विश्वका यी ५ सिरियल किलर, जसले सौखका लागि गर्थे हत्या

केन्द्रबिन्दु
0
Shares

सामान्यतया हत्याको पछाडी कुनै न कुनै उद्देश्य वा कारण हुन्छ। वा कसैसँग बदला लिन हत्या गरिन्छ। तर, कतिपय हत्याराहरूले आफ्नो रहर र शौखका लागि मात्र हत्या गर्छन् भन्ने कुरा सायदै सुन्नु भएको होला । आज हामी आफ्नो रहर वा शौख पूरा गर्नका लागि हत्या गर्ने ५ जना हत्याराहरुको बारेमा चर्चा गर्दैछौं । 

१.ज्याक द रिपर

सन् १८८८ मा बेलायतको लण्डनमा ज्याक द रिपर नामक कुख्यात अपराधीले गरेका हत्याको समाचारहरुले सनसनी मच्चाएको थियो । उनको वास्तविक नाम भने अहिलेसम्म खुलाइएको पाइँदैन । उनले महिलाहरुलाई मात्र आफ्नो शिकार बनाउने गरेको बताइन्छ । उनी महिलाहररुको घाँटी रेटेर शरीरका गोप्य अंगहरू पनि निकाल्ने गर्थे । उनको हत्या गर्ने तरिकाका कारण उनलाई ज्याक द रिपर नाम दिइयो। उनी यति कुख्यात थिए उनको नामबाट निकै डरलाग्दा हरर भिडियो गेमहरु समेत बनेका थिए ।

२.जोन वेन ग्यासी

अमेरिकी कुख्यात अपराधी जोन वेन ग्यासीलाई यौन अपराधी र सिरियल किलर मानिन्छ। उनी बाल अस्पताल र बालबालिकाहरुको पार्टीहरूमा क्लाउन (जोकर) बनेर जान्थे र बालबालिकाहरुकोलाई अपहरण गर्यो। उनले पहिले बालबालिकाहरुको हत्या गर्ने  र त्यसपछि बलात्कार गर्ने गरेको बताइन्छ । प्रहरीले उनलाई पक्राउ गरी उनको घरमा खेजतलास गर्दा २९ जना बालबालिकाहरुको शव सडेको अवस्थामा फेला परेको थियो । उनले ३३ जनाको हत्या गरेको स्वीकार पनि गरेका थिए ।

३.एन्ड्री चिकाटिलो

No description available.
एन्ड्री चिकाटिलो एक सोभियत सिरियल किलर थिए । कुख्यात अपराधी एन्ड्रीलाई द बुचर अफ रोस्तोभ, द रोस्तोभ रिपर, र द रेड रिपर उपनाम दिइएको थियो  । सन् १९७८ मा उनले रुसबाट हत्या गर्न सुरु गरेका थिए । उनले १९८० र १९९० को बीचमा रूसमा, र युक्रेनमा कम्तिमा ५२ महिला र बालबालिकालाई यौन दुर्व्यवहार, हत्या गरेका थिए। उनले महिला र बालबालिकालाई लक्षित गर्थे । उनले पहिला महिला र बालबालिकालाई अपहरण गर्ने र त्यसपछि घाँटी रेटेर पीडादायी हत्या गर्ने गरेको बताइन्छ । प्रहरीले उनलाई पक्राउ गर्दा उनले ५६ महिला र बालबालिकाको  हत्या र बलात्कार गरेको स्वीकार गरेका थिए ।

४.डा. हेरोल्ड शिपम्यान

No description available.२०० भन्दा बढी हत्यामा दोषी ठहरिएका ह्यारोल्ड शिपम्यान पेशाले डाक्टर थिए। कसैले शंका नै गर्न नसक्ने तरिकाले उनी बिरामीलाई मार्ने गर्थे । डाक्टरले यसरी मान्छे मार्न सक्छ भनेर कसैले विश्वास समेत गरेनन् । उनलाई आधुनिक इतिहासमा सबैभन्दा प्रख्यात सिरियल किलरहरू मध्ये एक मानिन्छ। उनी विवाहित थिए र उनको परिवारमा पाँच जना सदस्य भएपनि उनी एक्लै बस्थे । उनका साथी र सहकर्मीहरु उनलाई मन पराउँदैनथे। ३१ जनवरी २००० मा उनको हेरचाहमा रहेका १५ जना बिरामीहरूको हत्या गरेकोमा शिपम्यान दोषी साबित भएका थिए।

५.टेड बन्डी


सन् १९७० को दशकमा, सिरियल किलर टेड बन्डी धेरै अमेरिकी शहरहरूमा बलात्कार र त्यसपछि सुन्दर महिलाहरूको हत्याको लागि कुख्यात थिए। उनले एकै तरिकाले ३६ महिलाको हत्या गरेका थिए । खतरनाक र सनकी हत्यारा टेडलाई सजाय दिनेबेला अदालतको सुनुवाइ पनि टिभीमा प्रसारण भएको थियो। बलात्कार र हत्यालाई जघन्य अपराधको श्रेणीमा राख्दै अदालतले उनलाई फ्लोरिडामा विद्युतीय कुर्सीमा बाँधेर मृत्युदण्डको सजाय सुनाएको थियो ।

Logo