युएईविरुद्ध नेपालको खराव सुरुवात

युएईविरुद्ध नेपालको खराव सुरुवात

केन्द्रबिन्दु
0
Shares

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जवाफी ब्याटिङ सुरु गरेको हो । दोस्रो ओभरमै २ विकेट गुमाएको छ । पहिलो ओभरको तेस्रो बलमै नेपालले ओपनर आशिफ शेखलाई गुमाएको हो । उनलाई आयान अज्फल खानले शून्य रनमै आउट गराए । साथै दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल पवेलियन फर्किए । उनलाई जुनैद सिद्धिक्वीले ५ रनमा क्याच आउट गराए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको थियाे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो । 
    
युएईका लागि आसिफ खानले शतक प्रहार गरे । कूल ४२ बल खेलेका उनले ११ छक्का र चार चौकाको मद्दतमा अविजित १०१ रनको योगदान गरे । यसैगरी युएईका अर्का खेलाडी भृत्य अरविन्दले ९४ रन जोडे । कूल १३८ बल खेलेका उनले दुई छक्का र आठ चौकाको मद्धतमा ९४ रनको योगदान दिएका हुन । 
 
त्यस्तै यूएईका कप्तान मोहम्मद वसीमले पनि अर्धशतक प्रहार गरे । उनले ४३ बलमा छ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । साथै रोहन मुस्तफाले २० रन र आर्यन लाक्राले छ रन बनाए । सिपी रिजवानले सात रन बनाए भने आयन अफजल खानले तीन रन जोडे ।
    
बलिङतर्फ नेपालका दीपेन्द्रसिह ऐरीले दुई विकेट लिए भने सन्दीप लामिछाने, ललित राजबंशी र सोमपाल कामीले समान एक ÷एक विकेट लिए ।  

सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग-२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।

Skip This
Skip This
Logo