न्यायालय राजनीतिक त्रास र प्रलोभनमा पर्नुहुन्न -अध्यक्ष ओली

न्यायालय राजनीतिक त्रास र प्रलोभनमा पर्नुहुन्न -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय राजनीतिक वा अन्य कुनै पनि खालको डर, त्रास र प्रलोभनमा पर्न नहुने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित कानुनका विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले न्यायालय राजनीतिक आग्रह वा अन्य खालको स्वार्थमा परेकाले मुलुकको न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र हुन नसकेको दावी समेत गरे । न्यायालयले न्याय सम्पादन गर्नुपर्ने र त्यसका लागि न्यायाधीशहरु कुनै पनि प्रकारको आग्रह वा पूर्वाग्रहमाथि रहनुपर्ने उनको भनाई थियो । 

उनले नयाँ पुस्तालाई कुनै पनि स्वार्थमा नफसी न्याय सम्पादन गर्न आग्रह गरे । 
 
अध्यक्ष ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाका माईला छोरा भएको दावी समेत गरे । नेपालको कानुनको इतिहासमा हरिप्रसाद प्रधानलाई पहिलो प्रधानन्यायाधीश भनेर उल्लेख गरिएको छ । तर त्यो सत्य नभएको उनको भनाई थियो । उनले भारतीय नागरिक प्रधानलाई विपी कोइरालाले आफ्नो घनिष्टता भएको कारणले नेपालमा ल्याएर प्रधानन्यायाधीश बनाउने असंवैधानिक काम गरेको आरोप लगाए । 

अध्यक्ष ओलीले न्याय सम्पादनमा आफू निष्पक्ष हुन नसके सो मुद्दा नहेर्ने नैतिकता न्यायाधीशहरुले देखाउनुपर्ने पटकपटक दोहो-याए । 

Skip This
Skip This
Logo