उपराष्ट्रपति निर्वाचनः अहिलेसम्म कति खस्याे मत ?

उपराष्ट्रपति निर्वाचनः अहिलेसम्म कति खस्याे मत ?

केन्द्रबिन्दु
0
Shares

संघीय संसद नयाँ बानेश्वरमा सुरू भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान १२ बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ। सो क्रममा सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको हो। 

उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ सङ्घीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । 

निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । आफूले उम्मेदवारी दिए पनि शाक्य र झाले भने मतदान गर्न पाउने छैनन् । उनीहरु संघीय र प्रदेशसभा दुवैको सदस्य छैनन् । प्रतिनिधिसभा सदस्य रहेका यादवले भने मतदान गरिसकेका छन् । 

Skip This
Skip This
Logo