उपराष्ट्रपति निर्वाचनका केही रोचक तथ्यहरु

उपराष्ट्रपति निर्वाचनका केही रोचक तथ्यहरु

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान जारी छ । निर्वाचन आयोगले मतदानको समय बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म तोकेको छ । उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेका छन् । 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै नतिजा आउने बताएको छ । हेरौं, उपराष्ट्रपति निर्वाचनका केही रोचक दृश्य तथा तथ्यहरु-

१.उपराष्ट्रपति निर्वाचनमा रास्वपा तटस्थ !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने तयारी गरेको छ । उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न रास्वपाले शुक्रबार साढे ११ बजेको लागि बैठक बोलाएको थियो । तर निर्वाचन आयोगले आचार संहिता जारी भएपछि बैठक नबस्न भनेको भन्दै रास्वपाले बैठक स्थगित गर्यो । मतदान गर्ने वा नगर्ने भन्ने विषयमा भने रास्वपाले अझै निर्णय गरी सकेको छैन । 

२.किरियापुत्री सांसदद्वारा मतदान     
निर्वाचनमा किरियापुत्री सांसदले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की  निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले नयाँ बानेश्वरस्थित संसद भवनबाट मतदान गरेका हुन् । पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमार्फत काठमाडौंँ आएर मतदान गरेका हुन् । उनी शुक्रबार नै पोखरा फर्किने कार्यक्रम छ । 

३.उपराष्ट्रपतिका उम्मेदवारहरुको जम्का भेट ! 
उपराष्ट्रपति पदका लागि उम्मेद्वारी दिएका तिनै जना उम्मेद्वारहरुको रोचक जम्का भेट भएको छ । बिहीबार मतदानस्थलनमा भएको जम्का भेटमा उनीहरुले सामूहिक तस्बिर समेत खिचाउनुका साथै मुस्कुराउँदै एकअर्कालाई शुभकामना समेत दिएका छन् ।

४.महिला उम्मेदवारद्वय मतदानबाट वञ्चित !
उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले आफुलाईलाई मतदान गरिसकेका छन् भने उपराष्ट्रपतिका महिला उम्मेदवारद्वय अष्टलक्ष्मी शाक्य र ममता झा भने मतदान गर्नबाट वञ्चित भए ।  महिला उम्मेदवारहरु सांसद नभएका कारण मतदान गर्न नपाएका हुन् । यद्यपि उनीहरू मौन प्रचारका लागि मतदान स्थलमा खटिइरहेका छन् । 

नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि आज बिहान १० बजेबाट मतदान जारी छ । मतदान दिउँसो ३ बजेसम्मको लागि तोकिएको छ । मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले भोट हाल्नेछन् ।

Skip This
Skip This
Logo