सरकारमा जाने विषयमा पार्टीसँग छलफल भएको छैन-नेता केसी

सरकारमा जाने विषयमा पार्टीसँग छलफल भएको छैन-नेता केसी

केन्द्रबिन्दु
0
Shares

 नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले नेपाली कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भन्ने विषय टुङ्गो नलागेको बताएका छन् । 

आज नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले यस्तो बताएका हुन् । 

उनले प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत प्राप्त गरेपछि को कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय हुने बताए। गठबन्धन सरकारमा जाँदा पनि साझा प्रतिवद्धताहरु ल्याउनुपर्ने पनि बताए।

मुलुकमा गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्टाचारको समस्या, अहिले मुख्य लडाई भएको बताए। त्यस विरुद्ध लड्न सबैले साथ दिन आग्रह गरे।

यसैगरी पछिल्लो समय देखिएको बैंकिङ ब्याजदर, लघुवित्त समस्या समाधानमा सरकारको ध्यान जानु पर्ने पनि  बताए।

Logo