चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।
निरौलाले प्रतिद्वन्द्वीअध्यक्ष पदकी रेजिना उप्रेतीलाई २६ मतले पराजित गरेका हुन् । कूल खसेको ४६८ मतमध्ये निरौलाले २३५ मत प्राप्त गरेका थिए । त्यसैगरी उप्रेतीले २०९ मत प्राप्त गरेकी हुन् भने २६ मत बदर भएका छन् ।
शनिबार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । त्यसैगरी उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन् ।
महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् । यस्तै सह-कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।































प्रतिक्रिया