नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको अध्यक्ष पदमा नवराज पौडेल चयन भएका छन् । शनिवार सम्पन्न जिल्ला अधिवेशनले ७ पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य रामभक्त दनुवारले जानकारी दिए ।
उनका अनुसार जिल्ला उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामा, सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई सर्वाेपरि राखेर पार्टीले जनताको जीवनस्तर माथि उकास्न काम गर्ने बताए ।
अध्यक्ष नेपालले चीनसँग जोडिएको उत्तरी तातोपानी नाका, भोटेकोसी र मेलम्ची बाढीबाट प्रभावितका लागि राज्यले दिएको वचन पूरा गर्नुपर्ने बताए । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाल, केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता-कार्यकर्ताको उपस्थिति रहेको थियो ।































प्रतिक्रिया