नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाएको छ ।
संसद भवनस्थित ल्होत्से हलमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्न सांसदलाई ‘ह्वीप’ जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
‘कार्य सम्पादन समितिको निर्णयलाई मध्यनजर गरी नेपालको संविधानको धारा १०० को (२) बमोजिम सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीले भोलि विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रश्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । नेपाली काँग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विश्वासको मतको प्रश्तावको पक्षमा रहेको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्नेछ । तदनुरुप काँग्रेस संसदीय दलका सांसदहरुलाई निर्देशन दिन्छ ।’ उनले भने ।
यसअघि बसेको काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्नुका साथै सरकारमा सहभागी हुने निर्णय गरेको थियो । साथै आजैदेखि संसद् बैठकमा सत्तापक्षको बेन्चमा बस्ने पनि निर्णय भएको छ ।
काँग्रेस संसदीय दलको बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिमले पाएको सफलतालाई मध्यनजर गरी धन्यवाद ज्ञापन पनि गरेको छ ।































प्रतिक्रिया