नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ ।
जसपाका कार्यकारिणी सदस्य रहेका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उनको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले आज उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।































प्रतिक्रिया