प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पहिलो दिन नै संसद विघटनको विषय प्रवेश पाएकाले सत्ता गठबन्धन परिवर्तन गर्नुपरेको स्पष्टीकरण दिएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रश्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसदमा पहिलो दिन नै संसद विघटनको कुरा उठाउनु गर्वको विषय नरहेको दाबी गरे ।
‘व्यवस्थापनका लागि नयाँ नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनमा संसदमा पहिलो दिन नै संसद विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो र त्यसले सिंगो देश तरंगित भयो । त्यो विषयको उठान न सान्दर्भिक थियो न प्रासंगिक । मुलुकमा ठूलो संवैधानिक र राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय पनि थिएन ।’ उनले भने, ‘दुई/दुई पटक सम्मानित सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भइसकेको त्यस्तो अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्र बढाएन, संविधान र लोकतन्त्रको निरन्तरता एवं संसदको स्थायित्वमै प्रश्नचिन्ह खडा ग-यो । दुःखका साथ भन्नुपर्छ, लगभग सिंगो संसदको विश्वासको मत पाएको प्रधानमन्त्रीलाई त्यही संसदको विघटनको खुला पक्षपोषण ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौती थियो ।’
साथै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति जस्तो सम्मानित संस्था पटकपटक राजनीतिक विवादमा परेको र त्यसले लोकतन्त्रप्रतिको जनआस्थाकै मानमर्दन गरेको अवस्थामा आफूले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने नयाँ शुरुवात गरेको बताए ।































प्रतिक्रिया