संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र क्षेत्रलाई नरम कुटनीतिको रुपमा चित्रण गरेका छन्। सोमवार नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ)को समापन समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कुटनीति सम्बन्ध स्थापित गर्ने माध्यम भएको बताए ।
उनले समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र भएकाले यसको विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै साहित्य, कला, गीत, संगीत र प्रविधिको माध्यमबाट देशलाई चिनाउने चलचित्र क्षेत्र फरक फरक देशबीचको कुटनीतिक सम्बन्ध, सामाजिक र सांस्कृतिक सम्बन्धलाई स्थापित गर्ने माध्यम भएको बताए ।
उनले हिन्दी, चिनियाँ र अंग्रेजी जस्तै नेपालमा पनि फिल्म निर्माताहरुले उत्कृष्ट चलचत्रिहरु दिन आवश्यक रहेको बताका छन् । मौलिक संस्कृति, इतिहास, समाज र प्रकृतिको सम्पदामाथि फिल्म बनाउन आग्रह गरे। चलचित्र क्षेत्रको विकास गर्नसके आर्थिक स्थिति पनि सुधार हुने बताए ।
त्यस्तै नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नबोलीकन हेरेर समाज रुपान्तरण गर्ने माध्यम भनेको चलचित्र रहेको बताए। उनले सिनेमाका माध्यमबाट देशको आर्थिक उन्नती हुने र संस्कृति, पयर्टनका माध्यमबाट आर्थिक अवस्थामा सुधार गर्न सकिने बताएका छन् ।
अध्यक्ष पाठकले नेपालबाट उड्ने एयरलाइन्सले वर्षको ५ वटा सम्म सिनेमा किन्ने वतावरण बनाइदिन मन्त्री किराँतीलाई आग्रह समेत गरका थिए ।
चैत २ देखि शुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको हो । नेपाली फिल्मतर्फ चलचित्र प्रकाशबाट प्रदीप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् । ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेस्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो ।
५ दिनसम्म चलेको (निफ) मा ९ वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए । प्रो.डा. इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना) ले मास्टर्श क्लास सञ्चालन गरेका थिए ।





























प्रतिक्रिया