नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो टुंगोमा पु-याउनुपर्ने बताएका छन् ।
महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पु-याउनुपर्ने बताएका हुन् । मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पु-याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पु-याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिए ।
उनले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पु-याउन सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरे । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पु-याउने र अन्तराष्ट्रिय मूल्य, मान्यता विपरित जान नहुने उनको भनाई थियो ।
महामन्त्री थापाले राजनीतिक दलहरुलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पु-याउने कामबाट भाग्ने छुट नभएको पनि पटकपटक दोहो-याए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पु-याउने कामको नेतृत्व नेपाली काँग्रेसले नै लिनुपर्ने पनि बताए ।































प्रतिक्रिया