आज कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित बर्षा हुने

आज कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित बर्षा हुने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा  र देशका बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक, हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo