तिलोत्तममा नगरक्षेत्रभित्र गुट्खा बिक्री गर्न प्रतिबन्ध

तिलोत्तममा नगरक्षेत्रभित्र गुट्खा बिक्री गर्न प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

रुपेन्देहीको  तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ। 

गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पारेको भन्दै बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो। 

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार  सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले गुट्खा बिक्रीमा प्रतिबन्ध लगाउँदै गुट्खा विक्री गर्नेलाई जरिवानासमेत तोकिएको छ ।

उनका अनुसार नगरपालिका भित्र गुटखा बिक्री गरेको पाइएमा पहिलो पटक डिलर व्यवसायीलाई दस हजार, दोस्रोपटक विक्री गरेको भेटिएमा २० हजार, तेस्रो पटक भेटिएमा ५० हजार जरिवाना तोकेको छ । 

यसैगरी, अन्य व्यवसायीलाई पहिलो पटक कारबाही स्वरुप १ हजार पाँच सय, दोस्रो पटकमा तीन हजार र तेस्रो पटकमा ५ हजार जरिवाना तोक्ने निर्णय भएको प्रशाशकीय अधिकृत अर्यालले जानकारी दिए ।

Skip This
Skip This
Logo