नेकपा विवाद मिलाउन बामदेवको ६ बुँदे प्रस्ताव

नेकपा विवाद मिलाउन बामदेवको ६ बुँदे प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद टुंग्याउन पार्टी उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।

उनले अघि सारेको प्रस्ताव अनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।

यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ ।

यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ । त्यस्तै पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ ।

यता नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।

 

 

 

Skip This
Skip This
Logo