पोर्चुगलको सानदार जितमा रोनाल्डोको कीर्तिमान

पोर्चुगलको सानदार जितमा रोनाल्डोको कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको कीर्तिमानसँगै युरोकप २०२४ को छनोटमा पोर्चुगलले सानदार जित निकालेकाे छ ।

घरेलु मैदानमा पोर्चुगलले लिचेस्टाइनमाथि ४-० को सानदार जित निकालेकाे हाे ।   पोर्चुगलको जितमा कप्तान रोनाल्डोले दुई तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक गोल गरेका थिए ।

४७औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका हुन् । ५१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सहज जिततर्फ अघि बढाए । त्यसपछि ६३औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाएका छन्।

यस जितसँगै समूह ‘जे’ मा पोर्चुगलले ३ अंक जोडेको छ। पराजित लिचेस्टाइनले अंक जोड्न सकेको छैन। यही समूहको अर्काे खेलमा बोस्निया एन्ड हर्जगोभिनाले आइसल्यान्डलाई ३-० ले पराजित गरेको छ। 

Skip This
Skip This
Logo