बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।
बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाईएको भए पनि नेपाली काँग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बोलाईएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्यार विश्वासको मत लिन लागेका हुन । नेपाली काँग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा बिबाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाईएको बैठक स्थगित हुन पुगेको थियाे ।
नेपाली काँग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि आपसी सहमतिमा बुधवार बोलाईएको बैठक सारेर शुक्रवार डाकिएको हो । शुक्रवार डाकिएको बैठकबाट भने पुन: विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री जम्मकट्टेलले गरेका छन् ।





























प्रतिक्रिया