तीन मन्त्रीसहित एक मुख्यमन्त्री पाउनुपर्ने माधव नेपालकाे दावी

तीन मन्त्रीसहित एक मुख्यमन्त्री पाउनुपर्ने माधव नेपालकाे दावी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री  पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी (नेपाल)का अध्यक्ष माधवकुमार नेपाल  बीच  भेटर्वाता भएको  छ ।  

भेटको क्रममा अध्यक्ष नेपालले  संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन् ।  

तर कुन प्रदेशको मुख्यमन्त्री भन्ने प्रश्ट नभएको अध्यक्ष नेपालको भनाइ छ । यसअघि एकीकृत समाजवादीले कोशी प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने बताउदै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । 

Skip This
Skip This
Logo