काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो ।
यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन् । पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले हालसम्म पनि समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले बताइन्। बैठक बोलाउन चाहिने आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर गरिसकेको दाबी उनले गरिन् ।
कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत अर्थात् एक चौथाइ केन्द्रीय सदस्यले बैठक माग गर्न सक्ने पार्टीको अन्तरिम विधानमा व्यवस्था छ । नेकपामा ४४४ केन्द्रीय सदस्य छन् । यसअघि केन्द्रीय समितिको बैठक माग गर्दै ठाकुर गैरे, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडा, डा. विजय पौडेल लगायतका नेता धुम्बाराहीमा धर्ना बसेका थिए। त्यति बेला स्थायी कमिटी बैठक सम्पन्न भए पनि केन्द्रीय समिति बैठक बोलाउने आश्वासन नेताहरूले दिएका थिए ।
स्थायी कमिटी बैठकले निर्णय गर्न नसक्ने अनुमानपछि केन्द्रीय समिति बैठक माग गरिएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानले बताए।गोरखापत्रबाट































प्रतिक्रिया