अग्रता जोगाउन नसक्दा दक्षिण कोरिया कोलम्बियासँग बराबरीमा

अग्रता जोगाउन नसक्दा दक्षिण कोरिया कोलम्बियासँग बराबरीमा

केन्द्रबिन्दु
0
Shares

अग्रता जोगाउन दक्षिण कोरिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग बराबरीमा रोकिएको छ। दुई गोलको सहज अग्रता जोगाउन नसक्दा कोलम्बियासँग कोरिया २–२ को बराबरीमा रोकिन पुगेको हो।

घरेलु मैदानमा सम्पन्न खेलको दशौँ मिनेटमा कप्तान सन ह्युङ मिनले गोल गर्दै कोरियालाई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा सनले कोरियाको अग्रता दोब्बर पारेकासमेत थिए । 

तर दोस्रो हाफको सुरुवाती ४६औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गर्दै कोलम्बियालाई २–१ को अवस्थामा ल्याए। त्यसको तीन मिनेटपछि फेरी जोर्गे करास्कलले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।

Skip This
Skip This
Logo