भुटानमाथि लाओसको जित, फाइनल खेल्ने सम्भावना कायमै

भुटानमाथि लाओसको जित, फाइनल खेल्ने सम्भावना कायमै

केन्द्रबिन्दु
0
Shares

लाओसले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत भुटानमाथि जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा लाओसले भुटानमाथि २-१ को जित दर्ता गरेको हो । 

खेलको तेस्रो मिनेटमा नै लाओसले अग्रता लिएको थियो । बोन्पाचान बोन्कोंगले गोल गरेका थिए । त्यसपछि ३४ औं मिनेटमा भुटान स्टार फरवार्ड चेन्चो ग्याल्सेनले गोल गर्दै खेलमा फर्काए । दोस्रो हाफको ७१औँ मिनेटमा बोन्कोंगले व्यक्तिगत दोस्रो गोल गर्दै लाओसलाई २-१ को जित दिलाए । 

यो जितसँगै लाओसले फाइनल खेल्ने सम्भावना कायमै राखेको छ । उद्घाटन खेलमा अनन्त तामाङ र नवयुग श्रेष्ठको गोलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा भुटानसँग खेल्दैछ । सो खेल मंगलबार हुनेछ ।

Skip This
Skip This
Logo