प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गठबन्धन दलमा मन्त्रालय भागबन्डाको प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।
पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले काँग्रेससँगको पुरानो गठबन्धन ब्युँताएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकाे छैन्। नेकपा माओवादी केन्द्रको शनिबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज मन्त्रालय भागबन्डाको प्रस्ताव पेश गर्ने जानकारी दिएका हुन्।
प्रचण्डले आफ्नो प्रस्तावमा गठबन्धन सहमत हुने र सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए। दशदलीय गठबन्धनका शीर्ष नेताहरूले नै प्रचण्डलाई छुट्टाछुट्टै भेटेर प्रस्ताव गर्न भनेकाले केही दिन लम्बिएको पौडेलको भनाई छ।
सरकारमा सहभागी हुन नेपाली काँग्रेसले ८ वटा मन्त्रालय दाबी गर्ने भएको छ। शनिबार दिउँसो सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको काँग्रेस पदाधिकारी बैठकमा यसबारे ब्रिफिङ गरिएको हो ।
गठबन्धनभित्र काँग्रेसले ७ वटामात्र मन्त्रालय पाउने बताएपनि आफूहरूको दाबी ८ वटै मन्त्रालयमा रहने पौडेलले बताए। सत्ताको नेतृत्व गरेको माओवादीले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गरिसक्ने बताउँदा दलहरू आन्तरिक छलफलमा जुटेका छन्। उपचुनावका लागि उम्मेदवार टुङ्गाउन कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक सोमबार बोलाउने भएको छ।
उपसभापति पूर्णबहादुर खड्काले नयाँ मन्त्रिपरिषद्मा काँग्रेसको तर्फबाट ८ वटा मन्त्रालय दाबी रहेको जानकारी गराएका थिए । काँग्रेस बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि ब्रिफिङ गरिएको थियो ।































प्रतिक्रिया