सुदूरपश्चिममा लगानी भित्र्याउन निजी क्षेत्रलाई मुख्यमन्त्री शाहको आग्रह

सुदूरपश्चिममा लगानी भित्र्याउन निजी क्षेत्रलाई मुख्यमन्त्री शाहको आग्रह

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

प्रदेशमा रहेको सम्भावनाको पहिचान निजी क्षेत्रले गरेकाले हातेमालो गरेर अगाडि बढ्न मुख्यमन्त्री शाहको आग्रह थियो।

आज उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको छैटौँ प्रदेश सभाको अवलोकन गर्दै  उनले यस्तो आग्रह गरेका हुन्। उनले  सुदूरपश्चिम प्रदेशमा लगानी गर्न र प्रदेश सरकारले गर्नुपर्ने सहयोगमा  आफु तत्पर रहेकाे बताए । 

सुदूरपश्चिमको आर्थिक स्तर उकास्ने र प्रदेशलाई समृद्धितिर लैजाने कार्यमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए।

Skip This
Skip This
Logo