वुमन्स प्रिमियर लिगको उपाधि मुम्बईलाई

वुमन्स प्रिमियर लिगको उपाधि मुम्बईलाई

केन्द्रबिन्दु
0
Shares

वुमन्स प्रिमियर लिगको पहिलो सिजनको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १३२ रनको लक्ष्य दिएको थियो, जुन मुम्बईले अन्तिम ओभरमा नेट सिभर-ब्रन्टको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतले पुरा गरेको थियो। प्रतियोगिताको फाइनल खेलमा मुम्बईले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो ।

तर, मुम्बई इन्डियन्सको सुरुवात खासै राम्रो भएन । दोस्रो ओभरमा यास्तिका भाटिया चार रनको व्यक्तिगत स्कोरमा आउट भइन्। चौथो ओभरमा हेली म्याथ्युजलाई जेस जोनासेनलाई प्याभिलियन फर्काए । यसपछि कप्तान हरमनप्रीत कौर र नेट सिभर ब्रन्टबीच राम्रो साझेदारी देखिएको थियो । हरमनप्रीत कौर ३७ रन बनाएर रनआउट भइन् ।

Skip This
Skip This
Logo