काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (मंगलबार) बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएको १ हप्ता पुग्दा पनि सत्तारुढ दलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको भार बोकेको झण्डै २ महिना पुग्न लागेको छ । काँग्रेसमा आकाङ्क्षी बढी हुँदा मन्त्री बन्नेको नाम टुङ्गो लगाउन सकस परेको छ ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।

Skip This
Skip This
Logo