काठमाडौं ।
नेपाल राष्ट्र बैकले कोरोना भाइरस (कोभिड-१९) ले विभिन्न क्षेत्रमा पारेको असरलाई वर्गिकरण गरेको छ ।
कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, रेमिट्यान्स, लगानी लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । यी क्षेत्रमा कस्तो र कति प्रभाव पारेको छ भन्ने अध्ययन राष्ट्र बैंकले गरेको थियो । सोही अनुसार राष्ट्र बैंकले कुन क्षेत्रका कति असर भनेर वर्गीकरण गरेको छ । मौद्रिक नीति कार्यान्वयन गर्न सोमबार जारी निर्देशनमा राष्ट्र बैंकले यस्तो वर्गिकरण गरेको हो ।
राष्ट्र बैंकका अनुसार पर्यटन क्षेत्रमा ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ, क्याम्पिङ, टूर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा, होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होस स्टे, रिसोर्ट तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, बन्यजन्तु आरक्षण लगायतका क्षेत्र अति प्रभावितमा परेका छन् । त्यस्तै, हवाइ तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्क, रिक्रियसन सम्बन्धि ब्यवसाय, पार्टी प्यालेस पनि अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै, चलचित्र उत्पादन तथा वितरणका साथै सिनेमा हल, रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार तथा कर्मचारी लगायत यस क्षेत्रमा परेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, साहसिक पर्यटनसँग सम्बन्धिका साथै गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, केवलकारलाई पनि अति प्रभावित क्षेत्रमा वर्गिकरण गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, यस क्षेत्रमा हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्क, रिक्रियसन सम्बन्धि ब्यवसाय, पार्टी प्यालेस पनि परेका छन् । त्यस्तै, चलचित्र उत्पादन तथा वितरणका साथै सिनेमा हल, रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार तथा कर्मचारी पनि अति प्रभावित क्षेत्रमा परेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, अतिप्रभावित क्षेत्रमा तरकारी फलफूल, पुष्प, माछामासु, दुधजन्य उत्पादन लगायतका व्यवसाय, तयारी पोशाक, हस्तकला, सीपमूलक ब्यवसाय, बैदेशिक रोजगार, शैक्षिक परामर्श सेवा प्रदायक लगायत परेका छन् । त्यसैगरी, छपाइ प्रकाशन तथा सञ्चार गृह मध्यम प्रभावितमा वर्गीकरण गरिएको छ ।
त्यस्तै,प्रभावित क्षेत्रमा उत्पादनमा रही राष्ट्रिय प्रशारणमा जलविद्युत आयोजना, अनलाईनमा संलग्न व्यवसाय, खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा विक्री वितरण, पेय पदार्थ तथा विक्रि वितरण गर्ने उद्योग व्यवसाय परेका छन् । त्यसैगरी, दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरुको बिक्री वितरण, आयातजन्य व्यापार, पेट्रोल पम्म, ग्याँस तथा पानी सम्बन्धी व्यवसाय, औषधीजन्य व्यवसाय तथा विज्ञापन सेवा लगायतका क्षेत्र न्युन प्रभावित भएको राष्ट्र बैंकले जनाएको छ ।































प्रतिक्रिया