मेयर बालेनले मिटरब्याजी आन्दोलनकर्तालाई मिलाए खाने बस्ने ब्यवस्था

मेयर बालेनले मिटरब्याजी आन्दोलनकर्तालाई मिलाए खाने बस्ने ब्यवस्था

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरका मेयर बालेन शाहले ११ दिन काठमाडौँ हिँडेर आउने मिटर ब्याजी आन्दोलनकर्ताहरुलाई खाने बस्ने ब्यवस्था गरेका छन् । 

मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाट्स लेख्दै सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार आन्दोलनकर्तालाई काठमाडौँमा बसुन्जेल पशुपति धर्मशालामै बास र खानाको ब्यबस्थापन गरेपनि आन्दोलनकर्ताहरुले नमानेपछि रत्नपार्कको शान्तीबाटिकामा आवश्यक सम्पूर्ण वस्तुहरुको व्यबस्थापन गरिएकाे छ ।

मेयर बालेनले भनेका छन्, 'उहाँहरुको मागप्रति एक्यवद्धता जनाउँदै नेपाल सरकार समक्ष उहाँहरुको समस्या समाधानको लागि जोडदार माग राख्दछौँ । हामी चाहन्छौँ, यस्तो अवस्था मा काठमाडौ कोहि आउन नपरोस , गाउँ गाउँमा सरकार पुगोस् ।'

खुलामञ्चमा विरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको तर सुनुवाई नभएको मिटरब्याज पीडितहरुले बताएका छन् । अहिले महानगरपालिकाको नगर प्रहरीले उनीहरुलाई गेटमै राेकेपछि वीर अस्पताल अगाडिको सडकमै बसेर मेयर बालेनविरुद्ध नै नाराबाजी गरेका छन् । 

Skip This
Skip This
Logo