मिटर ब्याज पीडित टंगालबाट भद्रकालीतिर लागे

मिटर ब्याज पीडित टंगालबाट भद्रकालीतिर लागे

केन्द्रबिन्दु
0
Shares

आफूहरूको समस्या समाधानको माग राख्दै आन्दोलनमा उत्रिएका मिटर ब्याज पीडितहरू काठमाडौँको टंगालमा धर्ना सकेर भद्रकालीतिर लागेका छन् ।

बर्दिबासबाट पैदल यात्रा गर्दै काठमाडौँ आएका उनीहरूलाई प्रहरी र महानगरीय प्रहरीले खुल्लामञ्च प्रवेश गर्न रोकेका थिए ।

त्यसपछि सडकमै रात बिताएका उनीहरूले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन भनेर अघि बढेका थिए । तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेको थियो । त्यसपछि  टंगालमै धर्ना बसेका थिए । अब उनीहरूले भद्रकालीमा धर्ना दिने बताएका छन्।

Skip This
Skip This
Logo