नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सर्वसाधारण जनतालाई ऋण उपलब्ध गराउने काम लघुवित्त कम्पनीहरुले नै गर्नुपर्ने बताएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद घिमिरेले सर्वसाधारण जनतासमक्ष ऋण पु-याउने एकमात्र आधार लघुवित्त कम्पनीहरु भएको भन्दै यसैले सर्वसाधारणहरुलाई ऋण उपलब्ध गराउनुपर्ने धारणा राखेका हुन् । उनले बैंकहरुले लघुवित्त कम्पनीहरुलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने र लघुवित्तले पनि सर्वसाधारणलाई सस्तोमा ऋण उपलब्ध गराउनुपर्ने बताए ।
सांसद घिमिरेले ठगि धन्दामा संलग्नहरुका लागि छुट्टै कानूनको निर्माण गरेर कानूनी कारबाही गर्नुपर्ने बताए ।































प्रतिक्रिया