नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट जितनारायण श्रेष्ठ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रिय कार्यसमितिको बैठक बसेर छलफल गरी टुंग्याउने निर्णय भएको बताए ।
त्यस्तै बैठकमा मिटरब्याजीको समस्यालाई तत्काल समाधान गर्नेकुरामा पनि छलफल भएको प्रवक्ता महतले बताए । उनले पार्टीको गम्भीर ध्यानाकर्षण भएकाले सरकारले तत्काल समाधानको लागि तत्परता देखाइ समाधान गर्ने विषयमा निर्णय भएको बताए ।
उनले भने, ‘मिटरब्याजीको समस्या जुन छ, त्यसबाट आहात नागरिकहरुको समस्या छ, त्यस समस्याप्रति पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ । यसलाई कानूनी व्यवस्था सँगसँगै तत्काल समस्या समाधानको लागि सरकारले तत्पराता देखाउनुपर्ने र समाधान गर्नुपर्ने विषयमा पार्टीले निर्णय गरेको छ ।’
साथै प्रवक्ता महतले मन्त्रीपरिषद्मा भाग लिन विषयमा योगदान, दक्षता, समावेशीता, प्रादेशिक सन्तुलनका विषयलाई मध्यनजर गरेर मन्त्री चयन गर्ने निर्णय भएको बताए ।





























प्रतिक्रिया