उर्जामन्त्री बन्दै शक्तिबहादुर बस्नेत

उर्जामन्त्री बन्दै शक्तिबहादुर बस्नेत

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री बन्ने भएका छन् ।

बस्नेत यसअघि तीनपटक मन्त्री भइसकेका छन् । २०६८ सालमा स्वास्थ्य मन्त्री भएका बस्नेत २०७२ सालमा गृह र २०७४ सालमा वन तथा वातावरण मन्त्री भएका थिए।  माओवादी केन्द्रले उर्जा मन्त्रालय पाएपछि बस्नेतले सो जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्रीको रोजाइमा बस्नेत परेपछि उनलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताएका छन् । बस्नेतले आज ३ बजे उर्जा मन्त्रीको रुपमा सपथ लिने ती सदस्यले बताए ।

Skip This
Skip This
Logo