नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका छन् । उनले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण पनि गराइएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।  

शपथग्रहण गर्नेहरुमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री, शक्ति बस्नेत उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, वेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री, अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका छन्। 

Skip This
Skip This
Logo