गणतन्त्र स्थापना भएपछि ठूलाठूला समस्याहरु देखिएः झलनाथ खनाल

गणतन्त्र स्थापना भएपछि ठूलाठूला समस्याहरु देखिएः झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले देशमा ठूलाठूला समस्या र चुनौतिहरु बढिरहेको बताएका छन् । 

शुक्रवार रिपोर्टस क्लव नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूलाठूला समस्याहरु र चुनौतिहरु खडा भइरहेको बताए । 

पूर्वप्रधानमन्त्री खनालले अहिले अन्तर्राष्ट्रिय जगत पनि चुनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गरे । विश्व नै अहिले अनिश्चयपूर्ण बनेको भन्दै संयमित भएर काम गर्न आवश्यक रहेको उनले बताए । 
 
नेता खनालले विश्वमा अहिले विश्वयुछ नै हुने हो की भन्ने चिन्ता रहेको बताए । 

Skip This
Skip This
Logo