बालेन शाहकाे प्रश्नः खेलकुदमन्त्री नपाएकाे मुलुकका खेलाडी विदेश नगए को जान्छ ?’

बालेन शाहकाे प्रश्नः खेलकुदमन्त्री नपाएकाे मुलुकका खेलाडी विदेश नगए को जान्छ ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मुलुकमा खेलकुद मन्त्रालय नेतृत्वविहीन बनेकोमा टिप्पणी गरेका छन् । 

शुक्रबार प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेकोमा नेपाललाई बधाई दिँदै मेयर शाहले आज  नया सरकार बनेको तर, कुनै पार्टी युवा तथा खेलकुद मन्त्रालय लिन इच्छुक नभएकोमा बजेट थोरै भएर हो की ? भन्दै प्रश्न गरेका हुन् । 

उनले भनेका छन्, ‘भोट माग्दा युवाले देश बनाउन सक्छ भन्ने युवालाई मौका दिनुपर्छ भन्ने , खेलकुदले देशलाई चिनाउछ भन्ने हरेक खेलकुद प्रतियोगितामा दौडेर उदघाटन र मेडल बाँड्न जाने , कुनै खेलजित्ना साथ नेता हरु बधाइ दिन हानाथाप गर्ने  , आज  नया सरकार बनेको छ, कुनै पार्टी युवा तथा खेलकुद मन्त्रालय लिन इच्छुक छैन बजेट सबै भन्दा थोरै भएर हो कि ? अनि खेलाडीले नेपालमा भबिस्य कसरी देख्छ जुन देशमा बिगत ५ महिनादेखि खेलकुद मन्त्री पाएको छैन । अनि यस्तो देशमा खेलाडीहरु खेल्दा खेल्दै बिदेश नगए कुन देश को जान्छ ?’ 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको फाइनल खेलमा लाअ‍ोसमाथि नेपाल २-१को पुनरागमन जित निकाल्दै च्याम्पियन बनेको छ । उक्त खेल हेर्न मेयर शाह पनि रंगशालामै पुगेका थिए । 

Logo