उपनिर्वाचनबाट हामी तीन भाइसँगै संसदमा उभिनेछौँ -रवि लामिछाने

उपनिर्वाचनबाट हामी तीन भाइसँगै संसदमा उभिनेछौँ -रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका सबै उम्मेदवार निर्वाचित हुने विश्वास व्यक्त गरेका छन् । 

रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा सभापति लामिछानेसहित तनहुँ–१ मा डा स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट प्रदान गरे ।

सो क्रममा सभापति लामिछानेले तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गरेका हुन् । उनले भने, “निर्वाचित भएर हामी तीन भाइसँगै सांसदका रुपमा उभिनेछौँ ।” 

सभापति लामिछानेले मुलुकको सेवा गर्न तयार क्षमतावान व्यक्तित्वहरू आफ्नो पार्टीबाट निर्वाचित हुने दाबीसमेत गरे । 

Skip This
Skip This
Logo