आज प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

आज प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन आ.व. २०७८/०७९ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले “प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

 

Skip This
Skip This
Logo