काँग्रेसको टिप्पणी- ‘सरकारको सय दिन राजनीतिक रुपमा अस्तव्यस्त’

काँग्रेसको टिप्पणी- ‘सरकारको सय दिन राजनीतिक रुपमा अस्तव्यस्त’

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सह–महामन्त्री जीवन परियारले सरकारको सय दिन राजनीतिक रुपमा अस्तव्यस्त रहेको टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सह–महामन्त्री परियारले यस्तो बताएका हुन् । तर, सरकारले ‘डेलिभरीका कामहरु’ प्रारम्भ गरेको भन्दै आगामी दिनमा ति कामहरुले गति पाउनेमा उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘यो सय दिनका बारेमा नेपाली जनताहरु सबैले बुझेकै छन् । विभिन्न समयमा विभिन्न व्यक्तिहरु सरकारमा पुग्नुभएको अवस्था छ । त्यसैले यो सय दिन राजनीतिक रुपमा भन्ने हो भने अस्तव्यस्त ढंगले बितेको छ । र सरकारले दिनुपर्ने डेलिभरीका कामहरुका बारेमा प्रारम्भ गरेको छ, प्रधानमन्त्री प्रचण्डले यसपालि केही गर्छु भनेर भन्नु पनि भएको छ । मलाई विश्वास छ, सयदिन भित्र प्रारम्भ भएका कामहरुलाई गति दिने काम अब हुन्छ भन्ने कुरामा म विश्वस्त छ ।’

सह–महामन्त्री परियारले सरकारलाई अब कुनै रोकतोक नहुने भन्दै सरकारले गति लिनुपर्ने धारणा राखे । ‘अहिलेको सरकारलाई अब कुनैपनि कुराले रोकतोक भयो अथवा हामीलाई अफ्ठ्यारो भयो भन्ने ठाउँ चाहीँ छैन अब । अब यो सरकारले गति लिनुपर्छ । गतिका साथ यो सरकार अगाडी बढ्नुपर्छ । त्यसो भयो भने मात्रै हामीले जनतासँग गरेको वाचा पूरा हुन्छ । अन्यथा जनताले हामीलाई प्रश्न गर्छन् ।’ उनले भने ।  

Skip This
Skip This
Logo