रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिड माथी फराकिलो जित हासिल गरेको छ । कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेकाे खेलमा म्याड्रिडले घरेलु मैदानमा ६-० को फराकिलो जीत हासिल गरेको हो ।
सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलको २२औँ मिनेटमा रोड्रिगोले रियलकाे जीतका लागि खाता खोलेका थिए । त्यसपछि कप्तान बेन्जेमाले २९औं, ३२औं र ३६औं मिनेटमा निरन्तर गोल गरेर कप्तान बेन्जेमाले ह्याट्रिक गरेर पहिलो हाफमा नै ४-० को अन्तरले खेललाई अघि बढाए । यो हयाट्रिक उनले ८ मिनेटको अन्तरमा गरेका थिए ।
त्यसैगरी दोस्रो हाफको ६५औं मिनेटमा रोड्रिगोले गरेकाे गोलले भिएआर रेकर्डबाट मान्यता नपाए पनि ७३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ५-० ले अघि बढाए भने त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा लुकास भास्क्वेजले थप गोल गर्दै रियललाई ६-० को सानदार र ठुलो अन्तरको जित दिलाए ।सो जीतसँगै रियलको २७ खेलबाट ५९ अंक बटुलेको छ भने पराजित रियल भालाडोलिड २८ अंक जोडेर रेलिगेसनको १६औं स्थानमा छ।































प्रतिक्रिया