इङ्लिस प्रिमियर लिगको आज अन्तिम दिन, तीन टीमबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदै

इङ्लिस प्रिमियर लिगको आज अन्तिम दिन, तीन टीमबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदै

केन्द्रबिन्दु
0
Shares

इङ्लिस प्रिमियर लिगको जारी सिजनको अन्तिम दिन आज राति शीर्ष चारभित्र रहन र रेलिगेशनबाट बच्न रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ । विभिन्न १० खेलको तालिका तयार भएका खेल आज राति नेपाली समय अनुसार ८ः४५ बजेबाट सुरु हुने छन् ।

कोरोना भाइरस संक्रमणका कारण सिजन पूरा हुनेमा शंका देखिएपनि ४० दिनको बीचमा बाँकी ९२ खेल आज सकिदैछन् । लिगको अन्तिम चरणका खेलमा शीर्ष चारमा पर्न तीन टीमको प्रतिस्पर्धा हुदैछ भने रेलिगेशनबाट बच्न तीन टीमबीच पनि आजै प्रतिस्पर्धा हुँदैछ ।

उपाधि विजेता लिभरपुल र साविक विजेता म्यानचेस्टर सिटीले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेका छन् । बाँकी दुई स्थानका लागि चेल्सी, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीच आज रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ ।

तेस्रो स्थानमा रहेको युनाइटेड र अर्को तेस्रो स्थानमा रहेको चेल्सीको समान ६३ अंक छ । पाँचौं स्थानमा रहेको लेस्टरको ६२ अंक छ । लेस्टरले तेस्रो स्थानको युनाइटेडलाई घरेलु मैदानमा आतिथ्य प्रदान गर्नेछ । शीर्ष चारभित्र युनाइटेडलाई बराबर खेले पुग्छ भने लेस्टरलाई जित्नै पर्ने दबाब छ ।

आजको खेलमा लेस्टरले जिते युनाइटेडलाई शीर्ष चारमा रहन चेल्सीको नतिजामा भर पर्नुपर्ने छ । चेल्सीले छैटौं स्थानको उल्भरह्याम्पटनविरुद्ध घरेलु मैदानमा खेल्नेछ । चेल्सीले जितेमा चौथो स्थान पक्का हुनेछ भने पराजित भए युनाइटेड र लेस्टरको नतिजा कुर्नुपने हुन्छ ।

युनाइटेड र चेल्सीले जित वा बाराबरी खेलेको खण्डमा भने युनाइटेड र चेल्सी शीर्ष चारमा पर्नेछन् । लेस्टरले जित्यो र चेल्सीले जित वा बराबरी खेल्यो भने युनाइटेड शीर्ष चारबाट बाहिरिनेछ । त्यस्तै लेस्टर र युनाइटेडले बराबरी खेल्नुका साथै चेल्सी हार्‍यो भने चेल्सी शीर्ष चारबाट बाहिरिनेछ ।

Skip This
Skip This
Logo