सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पाँचबुँदे सहमति गरेको तेस्रो दिन सोमबार काठमाडौँमा पीडितले कृषि औजारसहित प्रदर्शन गरेका छन् ।
सिराहाबाट हिँडेर काठमाडौँ आएको एउटा समूहले सरकारसँग वार्ता गरेको दुई दिनपछि मिटरब्याज पीडितकै अर्को समूहले काठमाडौँमा प्रदर्शन गरेको हो ।
साथै सरकारले आयोग गठन गरेर मिटरब्याजको समस्या समाधान गर्ने र पीडितलाई न्याय दिने बताएको छ । पीडित र सरकारबीच भएको पाँच बुँदे सहमति फितलो रहेको भन्दै सोमबार उनीहरूले प्रदर्शन गर्दै आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।































प्रतिक्रिया