सरकारले मिटरव्याजपीडितका समस्या बुझ्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ।
सोमबारको मन्त्रिपरिषद बैठकले आयोग गठन गरेको हो।आयोगको कार्यालय जनकपुरधाममा रहने जनाइएकाे छ। यो आयोगमा पूर्वएआइजी उत्तमराज सुवेदी र पूर्वनायब महान्याधीवक्ता गणेशबाबु अर्याल सदस्य रहेका छन्। समस्या बुझ्नेर मिटरव्याजपीडित कसरी ठगिएका हुन् ठोस कुरा प्रतिवेदनमा समावेश गर्नसमेत भनिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिटरव्याज पीडितका समस्या बुझेर प्रतिवेदन दिन आयोगलाई ३ महिना समय दिइएको बताइन्। सरकार मिटरव्याज पीडितका समस्याप्रति संवेदनशील रहेको र समाधानका लागि काम गरिरहेको भन्दै मन्त्री शर्माले मिटरव्याज पीडितलाई काठमाडौँ आउने दु:ख नगर्न पनि आग्रह गरेकी छन्।































प्रतिक्रिया