अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुँदै गर्दा अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रहरीले ट्रम्प टावरलाई चारैतिरबाट घेरा हालेको छ ।
साथै ट्रम्प उपस्थित हुन लागेको अदालत वरपरका सडक पनि बन्द गराएर सुरक्षाकर्मी तैनाथ गरिएका छन् । सामाजिक सन्जालहरुमा पनि कडा निगरानी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ट्रम्पका समर्थकहरुले प्रदर्शनको तयारी गरेपछि न्यूयोर्क, म्यानहटनलगायतका स्थानमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गएराति ट्रम्प फ्लोरिडाबाट न्यूयोर्क पुगेर बास बसेका छन् । त्यहाँबाट उनी अदालत जानेछन् । न्यूयोर्क प्रहरीले सुरक्षालाई मध्यनजर गर्दै आवश्यक प्रबन्ध मिलाएको भन्दै कुनै किसिमको खतरा नभएको जनाएको छ ।































प्रतिक्रिया