चीनीयाँ इभी जायन्ट (बीवाईडी) ले यो वर्षको पहिलो तीन महिनामा २ लाख ६४ हजार ६४७ युनिट ब्याट्री ईभी बिक्री गरेको जनाएकाे छ। गत वर्षको सोही अवधीमा बिक्री भएको कुल ईभीको तुलनामा ८७ प्रतिशतले बढी रहेको कम्पनीले जनाएको छ।
बीवाईडीले कुल ५ लाख ५२ हजार प्यासेन्जर कार बिक्री गरेको र जसमध्ये प्लग इन हाइव्रिडको संख्या २ लाख ८३ हजार ७३० युनिट रहेको छ ।
बिक्री गरेको कुल प्यासेन्जर कारमा ब्याट्री ईभीको ४८ प्रतिशत र हाइव्रिडको ५२ प्रतिशत हिस्सा रहेको कम्पनीले जनाएकाे छ । नेपालका लागी आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले अहिले यसको ई६ र एट्टो३ मोडल बिक्री गर्दै आएको छ ।































प्रतिक्रिया