‘माननीयज्यू, मोबाईल स्विच अफ गर्नुस्’

‘माननीयज्यू, मोबाईल स्विच अफ गर्नुस्’

केन्द्रबिन्दु
0
Shares

सांसदहरुलाई आग्रह राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाईल स्विच अफ गर्न सांसदहरुलाई आग्रह गरेका छन् । 

मंगलबार राष्ट्रियसभा बैठकमा अध्यक्ष तिमिल्सिनाले मोबाइल स्विच अफ गर्न सांसदहरुलाई सचेत गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी साह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाईल चलाईरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका हुन्  ।

उनले भने, ‘माननीयज्यू, मोबाईल स्विच अफ गर्नुस् ।’

सदन चलिरहेका बेला सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ । 

Logo