रवि लामिछानेविरुद्धको मुद्धा ‘हेर्न नमिल्ने’मा

रवि लामिछानेविरुद्धको मुद्धा ‘हेर्न नमिल्ने’मा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्न नमिल्ने हुँदै स्थगित भएको छ।

न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी रहेको मुद्दा हेर्न नमिल्ने भएको हो । राहदानी दुरुपयोगसम्बन्धमा लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गर्दै मुद्दा चलाउनुपर्ने माग राखेर युवराज पौडेल सफलले आइतबार दायर गरेकाे रिटमा आज पहिलो सुनुवाइ हुन लागे पनि स्थगित भएकाे हाे । 

यसअघि संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै सिन्हाले हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको बताइएकाे छ । अब अर्को पेसी तोकिने छ।

Skip This
Skip This
Logo